काठमाडौं ,२२ वैशाख। नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकांक्षी धेरै भएकाले केन्द्रीय समितिको आकार बढाउने सहमति गरेको छ । सहमति अनुसार नेविसंघको केन्द्रीय समिति ३०० सदस्यीय भन्दा ठूलो हुने छ । यस्तै तरुण दलमा २०० को हाराहारीमा सदस्य रहने छन् ।
नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् । बैठक संगै भातृ संगठन विस्तारका लागि अव बाटो खुलेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।