विराटनगर,२२ बैशाख । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धारका लागि घटनास्थलतर्फ गएको छ । प्रवक्ता सिटौलाले हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी आएको बताए ।अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको यो हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो ।
फोटो/संखुवासभा डेली