मोरङ, १९ बैशाख ।
मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका ईटहरी उप महानगरपालिका ३ का २२ बर्षीय नमेश राईलाई पक्राउ गरेको हो ।
उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको छ ।