Birat Post मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, १९ बैशाख । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी बिभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरेका छन् । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।

नोबेलको न्यूरो बिभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि आउँने गर्छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल