विराटनगर,१७ बैशाख । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीबाट डा. अनुपम कोइराला पुरस्कृत भएका छन् । मेधावी छात्र पुरस्कार कोइरालाले पाएका हुन् । पुरस्कृत कोइरालालाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, आयोजक संस्थाका अध्यक्ष दिङ्लाली कान्छोलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कोइराला संगै २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, १५ हजार राशिको शिक्षा पुरस्कार शिक्षासेवी सर्वाणी भट्टाचार्य तथा ११ हजार राशिको साहित्य पुरस्कार विराटनगरका दैनिकी कवि तथा साहित्यकार हरिप्रसाद बराल, जनही ११ हजार राशिको खेलकुद पुरस्कार विकेन थापा र मेधावी छात्र डा. अनुपम कोइरालालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तिहरुसहित वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पाँच दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।