विराटनगर,१५ बैशाख । नेपाल वुद्धिजीवी परिषद विराटनगर महानगर पालिकाको अध्यक्षमा अमित ढकाल र सचिवमा भुवन नेपाल चयन भएका छन् ।
शुक्रबार विराटनगरमा भएको प्रथम अधिवेशनले ढकाललाई अध्यक्ष र नेपाललाई सचिवमा निर्विरोध चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा टंक न्यौपाने, उप–सचिवद्वय रवि रोक्का र मुन थापा तथा कोषाध्यक्षमा एसप्रसाद सुब्बा चयन भएका छ ।
कार्यसमितको ३१ जना सदस्य पनि सो भेलाले चयन गरेको निर्वाचित सचिव नेपालले बताए ।