विराटनगर ,१४ बैशाख ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत संग कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
माेरङ व्यपार संघका अध्यक्ष नवीन रिजाल,उद्याेग संगठनका अध्यक्ष सुयस प्याकुरेल , निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विद्यमान जटिल आर्थिक अवस्थाहरुले तंग्रिएका निजी क्षेत्रका उद्योगी र व्यवसायीहरुका आगामी बजेट प्रतिको आकांक्षा बारे अवगत गराएका थिए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान गरीने बताएका छन । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाइने समेत बताए ।
अर्थमन्त्रीमहतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए ।