चितवन,१२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।
चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै सभापति लामिछानेले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको बताएका हुन्। सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै उनले भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।”