बारा,१२ बैशाख । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले १० हजार १९९ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले ६ हजार ८०६ मत पाएका छन् ।
साथै नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ११ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रमेश खरेलले एक हजार ४ सय ५१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।