तनहुँ,१२ बैशाख । उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।
यस क्षेत्रमा कुल ६३ हजार ७५७ मत खसेको थियो। मतगणना सकिएको र विहान मात्रै आधिकारिक रुपमा घोषणा गर्ने निर्वाचन आयोगले बताएको छ।