Birat Post आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० बैशाख /

विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताउनु भएको छ ।
विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महानगरले जोड दिएको उहाँको भनाइ थियो । उहाँले केही समय अगाडि महानगरले नेपाल–भारत साहित्य महोत्सव गरेको समेत स्मरण गराउनु भयो ।

मेयर कोइरालाले विराटनगर प्रज्ञा प्रतिष्ठानको तयारीमा समेत महानगर लागेको प्रस्ट पार्नुभयो । “महानगरले चिल्ला सडक, ठूला भवन बनाउनेतर्फ मात्रै ध्यान दिएको छैन, भाषा, साहित्य र संस्कृतिको सँगसँगै विकास गर्ने योजना बनाएको छ” उहाँले भन्नुभयो, “त्यसका लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी भइरहेको छ । कार्यविधि र नियमावली बनिसकेको छ । आगामी नगरपरिषदमार्फत नियमावली पास गरेर प्रज्ञा प्रतिष्ठान गठन गर्नेछौं । अनि भाषा, साहित्य र संस्कृतिको सबै काम त्यही प्रतिष्ठानले गर्नेछ ।”

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्यमा योगदान पुर्‍याएबापत साहित्यकार प्रा.डा. गोपाल भण्डारी र कवि टीका आत्रेयलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले भण्डारीलाई २५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार’ र आत्रेयलाई १५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र प्रतिष्ठानकी संरक्षक सरला चापागाईंले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार विवश पोखरेल, खेम नेपाली, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, महासचिव दिङ्लाली कान्छो, साहित्यकार कविता केशरी, कलाकार राजेश थापा, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले नेपाली भाषा र साहित्यको विकासमा नरेन्द्र चापागाईंको योगदान महत्वपूर्ण रहेको बताउनु भएको थियो । प्रतिष्ठानले हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरुलाई नगदसहित सम्मान गर्दै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल