Birat Post आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० बैशाख/

विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताउनुभयो । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ ।

केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उहाँले बताउनुभयो । सालिन नेपालसँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत महानगरको बजेटबाट ६ सय र सालिन नेपालको आर्थिक सहयोगमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने यादवले जानकारी दिनुभयो । बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ ।बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताउनुभयो ।

विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर कोइरालाले बताउनुभयो । महानगरले कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ वेल्टसमेत बाँधिनेछ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने भन्दै महानगरले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । हाल महानगरले सरसफाई पार्किङ, कर संकलन अभियान जारी राखेको छ । त्यस्तै महानगरले व्यवस्थित मासु पसललाई पनि व्यवस्थित बनाउने भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल