विराटनगर, ९ बैशाख ।
संबिधान र कानुनमा प्राप्त भएको हकअधिकार स्थापित गराउन शसक्त्त आन्दोलन थाल्नुपर्ने दलित अगुवाहरुले जोड दिएका छन ।नेपाल दलित मुक्त्तिमोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले शसक्त्त आन्दोलन थाल्नुपर्नेमा जोड दिएका हुन् ।
मोरङको विराट चौकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्तिमोर्चाका केन्द्रीय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसकेपछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूतिगर्न नसकेको बताए ।
यसैले उनले अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्तनगरि प्राप्तभएका हकअधिकार भोग गर्नका लागि संबिधान र कानुनहरु कार्यान्व्यन गराउन लागि पर्नुपर्नेमा जोड दिए । सहसंयोजक तेजबहादुरले भने , विभेद र उत्पिडनको जगमा भएको जनयुद्ध र जनआन्दोलनबाट समानअधिकार प्राप्तगरिसकेका छौ तर हामीअझै निमुखा बनि रहँदा व्यवहारमा हकभोग गर्न पाइरहेका छैनौ । यसैले अबको दलित आन्दोलनलाई हामीले प्राप्त हकअधिकार स्थापित गराउनका लागि गर्नुपर्छ ।’,
दलित मुक्त्ति मोर्चा कोसी प्रदेश ईन्र्चाज अनिता परियारले दलितहरुको संघर्षकै बलमा जातिय छुवाछुत पनि दण्डनिय अपराध बनिसकेको र विभेद विरुद्धको चेतना पनि निर्माण भैसकेको बताईन । उनले दलितको पक्षमा बनेका हकअधिकारहरु लिननसकेमा फेरि पनि दलितहरुले विभेद र उत्पिडन भोगिरहन बाध्य भैरहनुपर्ने अवस्था सृजनाहुने भन्दै समुदायलाई सचेत गराइन । उनले घरघरका चुल्हो चुल्होमा पुगेको विभेद विरुद्धको बिकृत अशिक्षा हटाउन अबदलितहरुले घरघरबाट प्राप्तहकअधिकार स्थापित गराउनका लागि दलित आन्दोलन उठाउनु पर्नेमा जोड दिइन ।
अनिताले भनिन् , हकअधिकार संबिधान र कानुनमा सुनिश्चत गराएर मात्रै हुदैन त्यसलाई हकभोग गर्न दाबेदारहरु आफैअग्रसर पनि हुनुपर्छ किनकी कसैको दया र मायाले अधिकार कार्यान्वयन हुदैन ।’, नेकपा माओबादीका बैकल्पिक केन्द्रीय सदस्य अरुणा सुन्दासले संबिधान र कानुनले जातियविभेद र छुवाछुतलाई दण्डनिय बनाएपनि अधिकार स्थापित नहुँदा व्यवहारमा अझै शिक्षितहरुले जातियविभेद र छुवाछुत गरिरहन सफलभएको बताए । कार्यक्रममा माआबादी केन्द्र मोरंङ ईन्र्चाज कुशल ,माओबादी केन्द्र कोसी प्रदेश समितिका उपाध्यक्ष शिवकुमार डाँगीले ,माओबादी केन्द्र मोरङका सचिव प्रकाश पौडेलले दलित अधिकारका विषयमा आ आफ्ना धारणा राखेका थिए ।