काठमान्डौ,९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् ।
उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुन:स्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे । प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाए ।