विराटनगर,९ बैशाख ।
इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व आज शनिबार मनाउँदै छन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमानहरु दिनमा निराहार बसेर निष्ठापूर्वक व्रत लिने र सुद्ध आचरणमा रहने गर्दछन् । आज बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको विराटनगरका सामाजिक युवा अभियन्ता मुसरफ खानले बताए ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
दान दिनु गरिब र दीन दु:खीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको रासस कोशी प्रदेशका प्रमुख तथा पत्रकार सदरुल मोहमद बताए । उनी मुस्लिम धार्मिक मान्यतालाई निष्ठापूर्वक पालना गरेर रोजा पुरा गरेको बताउछन् । विराटनगर लगायत मुसलमान बाहुल्य क्षेत्रमा आज ‘इदुलफित्र’ पर्वको रौनक बढेको छ ।