Birat Post शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

राजविराज,८ बैशाख ।

राजविराज कारागारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।
राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए ।
मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए । कारागारमा रहेका कैदीहरुको उपचारमा कमजोरी हुने गरेको कुराहरु समय-समयमा उठने गरेपनि समस्या समाधानमा कसैले ध्यान दिएको पाइदैन ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल