विराटनगर ,६ बैशाख ।
विराट शिक्षा कलेजले कक्षा १२ का विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीको बिदाइ गरेको हो । क्याम्पसका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो।
कार्यक्रममा कक्षा १२ का ११७ जना विद्यार्थीको बिदाइ गरिएको थियो ।
वि.स.२०७५ सालमा स्थापना भएको क्याम्पसले प्लस टु अन्तरगत म्यानेजमेन्ट ,शिक्षा ,कम्युटर साइन्स लगायतको अध्यापन गराइरहेको छ । कार्यक्रममा विराटनगर महानगर वडा नं ३ का वडाध्यक्ष बासु बस्नेतले शैक्षिक क्षेत्रको विकासका लागि नीजि र सरकारी दुवै विद्यालयहरुको योगदान रहेको बताए । कसैलाई पनि काखा,पाखा नगरी व्यवहारिक र गुणस्तिरिय शिक्षाको वकालत गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा शैक्षिक अभियन्ता तुलसी दुलाल ,वडासदस्य मालिका निरौला,नोवेल हस्पिटल विराटनगरका प्रोफेसर डां सीता पोखरेल घिमिरे,कलेजका डाइरेक्टर गोविन्द लुइँटेल ,पत्रकार कौशल निरौला लगायतले गुणस्तरिय शिक्षामा जोड दिएका थिए । यसै गरी क्याम्पसले नयाँ प्रिन्सिपलमा सन्झा चौधरीलाई नियुक्त गरेको छ भने यस अघिका प्रिन्सिपल धर्मराज निरौलाले कार्यव्यस्तताका कारण विदाइ लिएका छन् ।