काठमान्डौं,३ बैशाख । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी
बैशाख ४ गते देखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरु हुँदैछ । विराटनगरको होटेल इस्टर्न स्टारमा आयोजना हुने कार्यक्रम दिउसो १ बजेदेखि सञ्चालन हुने बताइएको छ ।
डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि , सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि बीच वृहत छलफल हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।