काठमाडौं,३ वैशाख । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आजबाट जिम्मेबारी सम्हाल्ने भएका छन् ।
काठमान्डौंमा गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट उनिहरु निर्वाचित भएका हुन् । महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलगायत पदाधिकारी तथा सदस्यहरुले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वत: अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वत: अध्यक्ष बन्ने छन् ।