Birat Post बुधबार, चैत्र २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ चैत/ विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो ।

दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेडको आधरमा फाइनलमा पुगेको छ । एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका १ छक्का हिर्काए । सन्दिप रिजालीले १५ बलमा ११ रन बनाए । राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए । उनले ६ छक्का र १ चौक्का हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौक्का हिर्काए ।

बलिङमा एपीएफका तिलोक महराले २ आभेरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १५८ रन बनाएको थियो । प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका हिकाउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक हिर्काए । अरुण एरिले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए ।

बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरी चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए । बिहीबारबाट समूह ‘बी’बाटे लिकको आधारमा खेल हुनेछ । पहिलो खेल दिल्ली युनिाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल