विराटनगर,२७ चैत ।
पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुईजना पत्रकारहरुलाई सम्मानित गरेको छ । ५१ हजार राशिको सृजनशील पत्रकारिता पुरस्कार बाट उद्घोष दैनिकका समाचार संयोजक तथा बीबीसी नेपाली सेवाका विराटनगर संवादाता विक्रम निरौला र ३१ हजार राशिको उदयमान पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजन विराटनगर संवादाता उषा सरदार पुरस्कृत भएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलादप्रसाद साहले पत्रकार निरौला र सरदारलाई सम्मानित गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे,पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनाल ,प्रेस युनियन कोशी प्रदेशका अधयक्ष मीनकुमार नवोदित लगायतको सहभागिता रहेको थियो ।