काठमान्डौं,२६ चैत ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी हुन् । काठमाडौँमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
एलिजा दुई महिना पहिले मात्र पार्टीमा भित्रिएकी थिइन्। पहिले पार्टीको महिला विभाग संयोजक रहेकी अधिवक्ता गीता चौधरीलाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् ।
यसअघि प्रवक्तामा सीमित दामोदर पण्डित पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई चयन भएका छन् ।