विराटनगर,२४ चैत ।
आज विश्व स्वास्थ्य दिवस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले यही उपलक्ष्यमा विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
आयोजित कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्त्री लिम्बुले दैनिक जीवनमा व्यायाम, बिहान हिड्डुल, योग गर्न स्वास्थ्य मापदण्डका सुत्रहरु पलना गर्न नागरिकहरुलाई आग्रह गरिन् । बोलेर भन्दा व्यवहारिक रुपमा स्वास्थ्यक्षेत्रमा आफु काम गर्न आएको भन्दै उनले स्वास्थ्य नै जीवन भएको र सोही अनुरुप स्वास्थ्यसेवाको प्रवाहमा काम गर्ने बताइन् ।