विराटनगर,२३ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले धार्मिक क्षेत्रको सरक्षण र प्रवर्धनका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् ।
हनुमानजयन्तिका अवसरमा आज मोरङका विभिन्न क्षेत्रमा भएका कार्यक्रमहरुमा बोल्दै उनले यस्तो बताएका हुन् । धार्मिक क्षेत्रमा आफ्नो अगाध आस्था रहेको र सोही कुरालाई आफुले आत्मसाथ गर्दै अगाडि बढेको बताए ।
नेपालमा पछिल्लो समय धर्मान्तरणका कुराहरु उठिरहेको भन्दै उनले त्यस्ताकुराहरुबाट सजग हुनुपर्ने बताए । सवै धर्म र संस्कृतिको हामी विरोधी हुनुहुदैन तर सनातन धर्ममाथी हुने आक्रमणबाट भने जोगिनुपर्नेमा सांसद पराजुलीले जोड दिए ।
हनुमानजयन्तीको अवसर पारेर आयोजित मोरंग क्षेत्र नं .४ (२) अन्तरगत कटहरि वडा नं. २ आदर्श टोल स्थित हनुमान मन्दिर, विराटनगर महानगर वडा नं. २ मा रहेको हनुमान मन्दिरमा समापन हुनेगरि पन्चमुखि हनुमान मन्दिर परिसर बाट विश्व हिन्दु महासंघले निकालेको महोत्सब र्यालि र विराटनगर महानगर वडा नं.३ सुनौलो बिहानि टोलमा हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा समाजद्वारा आयोजित हनुमानजयन्तिको मंगल मुहुर्त कार्यक्रममा सांसद पराजुली धर्म,संस्कृति ,परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।