Birat Post बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ चैत /

दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो ।

वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले १६ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रशान्त कुमारले २ विकेट र रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए । एनबीएससीका कुमार रनिसले ३५ रन, रंजित कुमारले ३४ रन बनाए । युसुप नधिमले ३० रनको योगदान दिए । बलिङमा वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।

घरेलु टिम मिल्स सेमिफाइनलमा
सोही दिन भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भइ सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १५८ रनमा समित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिए । मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले २ विकेट, रुपेश सिंहले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकटे गुमाइउँदै २४१ रन बनाएको थियो ।

मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय ईनिङ खेल । उनको ब्याटबाट ६ वटा छक्का र ७ वटा चौका प्रहार गरेका थिए । पवन सरापले २५ बलमा ५० रनको योगदान दिए । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहे । ओसिसका सुमित श्रेष्ठले ३ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । दिपक चन्द, सहप आलमले समान २/२ विकेट लिए ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल