जनकपुरधाम,२१ चैत ।
मधेस प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा जुटेका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्।
संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन फिर्ता लिएको थिएन। वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा एमालेले पनि आफ्नो उम्मेदवार उठाएपछि प्रदेश सरकारबाट बाहिरिन मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले आज राजीनामा दिन लागेको जानकारी दिए।