निर्मलमणी अधिकारी सोमबार, चैत्र २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post
भाषाको दरिद्रता :- नाम , हिन्दूहरूको ठूलो वर्गलाई के भयो ? आजको हिन्दू समाज यसरी पथभ्रष्ट एवं दिग्भ्रमित भएको छ उल्लेख गरि साध्य छैन ।  तीन चार महिना अघि हामी हाम्रो मूल घर (बुबा जन्मिनु भएको )  घर इलाम गएका थियौँ । घुमघामको क्रममा एकजना आफन्तले हामीलाई आफ्ना छोराछोरीसँग परिचय गराउनुभयो। उहाँले भन्नुभयो , ‘हाम्री नातिनीको नाम अविरा हो, हामीले उनको नाम निकै युनिक राखेका छौं । मैले सोधेँ यसको अर्थ चै के हो काका ? बहादुर ब्रेव कॉन्फिडेंशियलय यो कुरा सुनेर मेरो मनमा चक्कर आयो, अनि फेरि उहाँले भन्नुभयो कस्तो लाग्यो हजुरहरुलाइ ? मेरो छिटो मुख चली हाल्यो मैले भने काका अविरा एकदमै अशोभनीय नाम हो, यस्तो नाम राख्नु हुँदैन। मैले उहाँहरूलाई भने
१. छोरा र पति नभएको महिला।
छोरा र पतिविहीन (स्त्री)।
 २. स्वतन्त्र (स्त्री) । उनको नाम अविरा हो।
नास्ति वीरः पुत्त्रादिर्यस्याः सा अवीरा
नातिनीको नामको अर्थ सुनेपछि काका एकछिन विचलित भए जस्तो गरेर भन्नुभयो, ” ओहो छोरा बित्यास पो पर्यो त , के गर्ने, अब यो नाम स्कुलमा पनि छ, जन्मदर्तामा पनि उस्तै छ।”
आजभोलि मानिसहरू युनिक बन्नका खातिर अनेक तरहका अनर्गल नाम राखिरहेका छ्न जस्तो कि
कन्या भए  मियारा, शियारा, कियारा, नायरा, मैयारा, अल्माइरा…
यदि तपाईं केटा भए, वियान,कियान,गियान,केयांश….. अनि ति शब्दहरूको अर्थ सोध्नुहोस् हतार हतार गुगल गर्छ्न  र जवाफ आउछ “इट मीन्स रे ऑफ लाइट” “”इट मीन्स गड्स फेवरेट” ” “इट मीन्स ब्ला ब्ला”।
नाम युनिक राख्ने होडबाजीमा एक जना चिनेजानेकाले आफ्नो छोरीको नाम “श्लेष्मा” राखेका रहेछ्न । नाम सुनेर म स्तब्ध हुनु स्वभाविक नै थियो । कोमा बाट बाहिर निस्केर मन मनै सोचेँ सायद उनिहरुले अरु केही अरु नै भने अनि मैले पो गलत सुने कि ! या यो शब्दको अर्थ पो थाहा नभएर हो भनेर फेरि मैले सोधे “श्लेष्मा” ? के हजुरलाइ थाहा छ यसको अर्थ ?
 दाजुले ठूलो आत्मविश्वासका साथ जवाफ दिनुभयो  “श्लेष्मा” को अर्थ “माताको आशीर्वाद प्राप्त गर्ने व्यक्ति” हो।
हरे भगवान !!! म १० मिनेट टाउको समाएर चुपचाप बसें । मेरो अभिव्यक्ति देखेर उनलाइ मैले केही गलत भनेको छु जस्तो पक्कै लाग्यो होला, त्यसैले सोधे । के भयो have I said anything weird? मैले भनेँ दाजु, छोरीको नाम तुरुन्तै परिवर्तन गरिदिनुस किनभने श्लेष्माको अर्थ नाकको सिँगान (Mucus) हो । त्यसपछि जे हुनु पर्ने त्यही भयो ।
यस्तो छ अहिलेका तमाम हिन्दुहरुका ठूलो वर्गको हालत, थाहा छैन यो नेपाली हिन्दू समाजलाई के भएको छ ?
फेसनको होडबाजीमा फाटेको फेन्सी लुगा लगाउदा लगाउदै हिन्दू समाजले आफ्नो कुलदीपको नामकरण अर्थहीन, अनर्थकारी, बेढंगे शब्दहरू प्रयोग गर्न थालेको छ ।अशास्त्रीय नामहरू सुन्नमा मात्र अनौठो लाग्दैन, यसले बालबालिकाको व्यक्तित्वमा पनि विचित्रको प्रभाव पारेर तिनीहरूको व्यक्तित्वलाई पनि गहिरो असर पार्दछ – जो यसैको तात्कालिक
कूप्रभाव हो । भाषाको संकरता यसैको दूरस्थ कुप्रभाव हो।
नाम राख्ने अधिकार हजुरआमा, हजुरबुबा र गुरुहरू को हो। यो काम उनीहरुका लागि मात्रै छोड्दा हितकर हुन्छ ।
जब तपाईं हजुरबा हजुरआमा बन्नुहुन्छ, तब यो कर्तव्य ठिक प्रकारले निभाउनुनका लागि आफ्नो मातृभाषामा कतिको पकड छ वा यो कर्तव्य राम्ररी निभाउनको लागि तपाईं के गर्दै हुनुहुन्छ ? विचार गर्नुहोस्। नत्र आउँदो पुस्तामा तपाइको परिवारमा पनि “Mucus” हुन सक्छन जो कोही अविरा हुन सक्छिन ।
शास्त्रहरूमा लेखिएको छ
 व्यक्तिको जस्तो नाम हुन्छ समाजमा त्यसैगरी उसको इज्जत र कीर्ति पनि बढ्छ ।
नामाखिलस्य व्यवहारहेतु: शुभावहं कर्मसु भाग्यहेतु:।
नाम्नैव कीर्तिं लभते मनुष्य-स्तत: प्रशस्तं खलु नामकर्म।
{वीरमित्रोदय-संस्कार प्रकाश}
स्मृति सङ्ग्रहमा भनिएको छ कि व्यवहारको सिद्धि
आयु र ओजको वृद्धिका लागि उत्तम नाम हुनुपर्दछ ।
आयुर्वर्चो sभिवृद्धिश्च सिद्धिर्व्यवहृतेस्तथा ।
नामकर्मफलं त्वेतत् समुद्दिष्टं मनीषिभि:।।
नाम कस्तो हुनुपर्छ ?
नामको संरचनालाई ग्राह्यसूत्र र स्मृतिहरूमा विस्तृत रूपमा वर्णन गरिएको छ, पारस्करगृह्यसूत्र १/७/२३ मा भनिएको छ
द्व्यक्षरं चतुरक्षरं वा घोषवदाद्यंतरस्थं।
दीर्घाभिनिष्ठानं कृतं कुर्यान्न तद्धितम्।।
अयुजाक्षरमाकारान्तम् स्त्रियै तद्धितम् ।।
अर्थात् बच्चाको नाम दुई वा चार अक्षरको, पहिलो अक्षर घोष वर्ण युक्त, वर्गको तेस्रो चौथो पाँचौं वर्ण , मध्यमा अंतस्थ वर्ण, य, र , ल , व आदि र नामको अन्तिम वर्ण दीर्घ एवं कृदन्त हुनुपर्छ तर तद्धितान्त हुनु हुँदैन ।
कन्याको नाम विषमवर्णी तीन वा पाँच अक्षर युक्त, दीर्घ आकारांत एवं तद्धितान्त हुनुपर्दछ ।
धर्मसिन्धुमा चार प्रकारका नाम उल्लेख गरिएको छ-
१ देवनाम
२ मासनाम
३ नक्षत्र नाम
४ व्यावहारिक नाम
नोट – कुंडलीको नाम व्यवहारमा राख्नु हुँदैन किनभने जुन नक्षत्र नाम हुन्छ त्यसलाई गोप्य राख्नुपर्छ । कसैले अभिचार, कर्म मारण ,मोहन, वशिकरण आदि काम गर्न चाहन्छ भने त्यसको लागि नक्षत्र नामको आवश्यकता पर्दछ । व्यवहारिक  नाममा तन्त्रले कुनै असर गर्दैन, त्यसैले पनि कुंडलीको नाम गोप्य हुनुपर्छ।
हाम्रा शास्त्रहरूमा वर्ण अनुसार नामको व्यवस्था गरिएको छ।ब्राह्मणको नाम मंगल सूचक, आनंद सूचक तथा शर्मा युक्त हुनुपर्छ।क्षत्रियको नाम बल रक्षा और शासन क्षमताको सूचक, तथा वर्मा युक्त हुनुपर्दछ,  वैश्यको नाम धन ऐश्वर्य सूचक, पुष्टि युक्त तथा गुप्त युक्त हुनुपर्छ । यसैगरी शूद्रको नाम सेवाजस्ता गुणले भरिपूर्ण हुनुपर्छ ।
पारस्कर गृहसूत्रमा लेखिएको छ-
शर्म ब्राह्मणस्य वर्म क्षत्रियस्य गुप्तेति वैश्यस्य।
शास्त्रीय नामको हाम्रो सनातन धर्ममा ठूलो उपयोगिता रहेको छ, मनुष्यको जस्तो नाम हुन्छ त्यस्तै गुण उसमा विद्यमान हुने गर्दछ । त्यसैले बच्चाहरुलाइ उनिहरुको नामले बोलाउदा उनिहरुको मन मस्तिष्कमा त्यो नामको गहिरो असर पर्नुको साथै उनिहरु त्यसै अनुरुप हिड्ने प्रयास पनि गर्दछ्न ।
त्यसैले नाममा उदात्त भाव छ भने यश र सौभाग्यको उदय अवश्य पनि बच्चाहरूमा सम्भव छ।हाम्रो सनातन धर्ममा धेरैजसो मानिसहरूले आफ्ना छोराछोरीको नाम भगवानको नाम राख्नु शुभ मान्छन्, जसले गर्दा छोराछोरीको नाम उच्चारणमा समेत भगवानको नामको उच्चारण हुन्छ।
भायं कुभायं अनख आलस हूं।
नाम जपत मंगल दिसि दसहूं॥
 (रामचरितमानस)
विडम्बना के छ भने आज पश्चिमी सभ्यताको अन्धो नक्कलमा नामकरण गर्ने हाम्रो मौलिक संस्कार समाप्त हुँदै गएको छ ।
यसबाट बचौँ र छोराछोरीको नाम राख्दा विशेष शास्त्रहरूमा ध्यान दिइ शास्त्रोक्त नाम राख्न प्रोत्साहन गरौँ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल