काठमाडौं ,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ।
पार्टीको संसदीय समितिको आज बसेको बैठकले उमेदवार टुंगो लगाएको उनले बताए । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ ।