Birat Post आइतबार, चैत्र १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १९ चैत

नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्दे्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन् खड्का र सह–कोषाध्यक्षमा तुलसी गोयल चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा तेजु श्रेष्ठ, अजय धाडेवा, इशा पौडेल, मनिषा माझी, रिता साह, सन्ध्या थापा (लामिछने), लक्ष्मी पोखरेल, अर्चना थापा मगर, नितेश सारडा, चन्दनकुमारी दास, शम्भु अटल, मनोज शर्मा, भागवत नेपाल र रमेशकुमार साह चयन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज चेतन निरौलाले सपथग्रहण गराएका थिए । सो अवसरमा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईले सम्पूर्ण उद्योगी व्यवसायी संगठीत हुनुपर्नेमा जोड दिए । उनले नेपाल उद्योग व्यवसायी महासंघले आम उद्योगी व्यवसायीक हक अधिकारका लागि लड्दै आएको बताए ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज निरौला, विराटनगर महानगर कमिटीका निवर्तमान अध्यक्ष अधिकारी, जिल्ला कमिटी उपसचिव खेमराज नेपालले नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई शसक्त ढंगले अगाडी बढाउन सुझाव दिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल