Birat Post आइतबार, चैत्र १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९  चैत

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रा.लिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध सुरु भएको छ ।

समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरु बताउँछन् । मापदण्ड विपरित समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानियहरु आक्रोसित भएका छन् ।

गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालीकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन् । मानव स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा ईलाका प्रहरी कार्यलय उर्लावारीले स्थानिय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडेपनि मनोज लिम्बू र सन्तोष लिम्बू भने ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा छन् । यता उद्योग रेखदेख गर्दै आएका ईन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरेपनि स्थानीय युवा आएर तोडफोड गरेको बताए। मापदण्ड विपरित सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनैपनि उद्योग सञ्चालनमा रोक लागाउने उर्लावारी नगरपालीका वडा नं ३ का वडाअध्यक्ष भिष्म बुढाथोकीले बताए ।

शुरुमा च्याउ उद्योग खोल्ने भनेपनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरुको भनाइ छ । पटकपटक बिरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाएपनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ । स्थानिय, जनप्रतिनिधी र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भएपनि सहमति कार्यान्वयन हुन सकेको छैन्।

कानून अनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरपर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ। उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ।

उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै होइन जनवरमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुनीने खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल