काठमान्डौं,१७ चैत ।
वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उपचुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
खरेलले भने,‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको हो,त्यसबारे एक चरण छलफल भैसकेको छ’अब अहिले त उपचुनावमै केन्द्रीत हुनुपर्यो, त्यसैले पछि गर्ने सल्लाह भएको छ’।