Birat Post बुधबार, चैत्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ चैत

दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटरफाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५५ रनको स्कोर बनाएका थिए । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा निरज मुखियाले २८ बलमा २२ रनको योगदान दिएका थिए । जोगवनीका समित, राजिव र जयन्तले समान २/२ विकेट लिएका थिए ।

१ सय ५६ रनको बिजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १११ रनमा समिति भयो । होरिजनका दिपेश कन्डेलले ३ विकेट लिए भने दिपक राज जोशी र सवर्ण किस्कुले समान २/२ विकेट लिएका थिए । जोगवनीका सुमितलले २२ बलमा १९ रन र राजाले ११ बलमा १६ रनको योगदान दिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच ३० रन र १ विकेट लिने हिरोइजनका फिदोस अन्सारी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर पाए ।

बिहीबार दुई वटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर बोस्टन झापा क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबीच हुनेछ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री कोशी प्रदेशका बुद्धीकुमार राजभण्डारीले गरे । चैत १५ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपबिजेताले ६१ हजार रुपैयाँ आउनेछन् । म्यान अफ द श्रीजिद हुने खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटमेनले ११ हजार, बेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल