Birat Post बुधबार, चैत्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न नायक राजेश हमाललाई प्रस्ताव गरेको छ।

वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको अवस्थामा उसले हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘उपचुनावमा हामी कोहीसँग पनि गठबन्धन गर्दैनौँ। उहाँलाई उम्मेदवार बन्न हामीले प्रस्ताव गरेका छौँ। तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।

रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा चितवन २ मा पनि उपचुनाव हुँदैछ। चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि सांसद पद खाली छ। सत्ता गठबन्धनमा आबद्ध दलहरुले तनहुँ १ कांग्रेस, बारा २ जसपाबाट साझा उम्मेदवार हुने करिब निश्चित छ। कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सम्बन्धित

ताजा अपडेट
पाकिस्तानले आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
पाकिस्तानको आक्रमणमा भारतीय १५ जनाभन्दा बढीले गुमाए ज्यान
भारत र पाकिस्तान द्वन्द्व : नेपालमा समेत प्रभाव,सीमा र विमानस्थलमा निगरानी बढाइने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल