Birat Post मंगलबार, चैत्र १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ चैत /

विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ । महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार रुपैयाँसम्मको कारबाहीको अधिकार आफूलाई दिएको बताए । उनले शौचालयको मलमूत्र नालामा मिसाउने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।

गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकारे । उनले मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर सफा गर्ने बताए । उनले अबदेखि यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे । “म आज नै मान्छे बोलाएरलाई नाला सफा गर्न लगाउँछु,” उप्रेतीले भने, “गल्ती भयो अबदेखि यस्तो गल्ती हुँदैन ।” शौचालयको मलमूत्र नालामा मिसाउने व्यक्तिलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म कारबाही हुने कानुनी व्यवस्था छ ।

महानगरपालिकाले वर्षाको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाईलाई तीव्रता दिएको छ । वर्षायाम सुरु भएपछि नाला सफा गर्दा प्रभावकारी नहुने भएकाले हिउँदमै सफा गरिएको दाहालले बताए । उनले वर्षा सुरु हुनु अगाडि नै महानगर क्षेत्रभित्रका सबैजसो नाला सफा गरिसक्ने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल