बिराटनगर, १४ चैत ।
प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले यही चैत्र १३ उक्त जिम्मेबारी प्रदान गरेको थियो ।
वरिष्ठ उपरीक्षक बास्तोलाले प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका छन् ।