Birat Post शनिबार, चैत्र ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ चैत । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।  विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि एपीएफको तर्फबाट सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए । फुटानको तर्फबाट सान्तवना गोल फोफोना इब्रहीम फर्काए ।
जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।

पहिलो हाफसम्म १/१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए ।

खेलअवधिभर दुवै टिमले थुपै्र गोल गर्ने सुन्दर अवसर खेर फेलेका थिए । ७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।
१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।


२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।

४२ औं मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।

खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।

दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा गोल हुनबाट चुक्यो ।

जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरुको मेहनतको कारणले पाहुना टिमललाई हराएको बताए । ‘जित निकाल्न संघर्षपूर्ण रर्‍यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुपर्‍यो ।’
यता भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल