विराटनगर,९ चैत ।
नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा विहिबारबाट सुरु भएको छ । विहिबार बाट सुरु भएको अधिवेशनको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका छन् । कार्यक्रममा बोल्दै उनले शिक्षकको हक, हित र अधिकारको पक्षमा वकालत गर्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । यसका साथै नेता थापाले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा जोड दिँदै पेशागत हितमा लाग्न शिक्षकहरूलाई आग्रह गरेका छन् ।
नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष निर्मला कोइरालाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष एमपी भुसाल,महासचिव सोमनाथ गिरी,शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदी,राष्टिय भूमी आयोगका अध्यक्ष तथा शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला,शिक्षक नेताहरु मेघनाथ यादव,ऋषिकेश कोइराला ,बृख मल्ल लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।
यो अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । यसका लागि शिक्षक नेताहरुले सहमतिको प्रयास गरिरहेको नेपाल शिक्षक संघ कोशी अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन् ।
-तस्विरहरु