विराटनगर,९ चैत । नेपाली कांग्रेस कोेशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दलहरुवीच सहमति, सहकार्य र एकताको माध्यमवाटै कोशी प्रदेश नामाकरण भएकाले यसका विषयमा विरोध गरिरहन आवश्यक नरहेको बताएका छन् । नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् । सवै दलहरुवीच वृहत छलफल गरी पास भएको कोशी प्रदेशले सवैको भावनालाई समेटेको दावी गरे ।
लामो समय नामविहीन बनेको प्रदेशमा आफूहरु सांसद वनिरहदा बेनामे प्रदेशको सांसद भनेर चिनिनु परेको स्मरण गर्दै नेता थापाले भने, ” ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित भएको विषयलाई विरोध गर्न आवश्यक छैन ।” कोशी सबैको सभ्यता र पहिचान सँग पनि जोडिएको भन्दै उनले अब यस विषयमा अल्झिन नहुने बताए ।
प्रदेश नामाकरणका विषयमा केही पहिचानवादी साथिहरुले विरोध गरिरहनु भएको छ ,उनले भने ” यसलाई पनि कांग्रेसले पनि नजिक बाट नियालीरहेको छ । नामाकरणका विषयमा भइरहेको विरोध र गतिविधिको कांग्रेस विरोधी हैन ,हामी छलफल गर्न तयार छौ तर कोशी हुदा के विग्रिएको छ त ?”
विगत देखिनै संसदीय अभ्यासकारुपमा बहुमतका आधारमा दलहरु वीच सहमति सहकार्यको प्रयास भइरहेको भन्दै उनले भने,” संविधान जारी गर्दा पनि मधेसवादी दलहरुले विरोध गर्नु भएको थियो ,प्रदेश नामाकरणमा पनि अन्य प्रदेशहरुमा यसखाले प्रयासवाटै सम्भव भएको हो , कोशी प्रदेशको नामाकरण गर्दा पनि केही साथिहरुलाई चित्त बुझेको छैन ,यो स्वभाविक हो ।”
यस्तै उनले शिक्षकहरुका समस्या संख्यात्मकरुपमा धेरै नरहेको र समस्या समाधान गर्ने सवालमा प्रदेश सरकार मार्फत संवोधन गर्नेमा आफु दृढ रहेको बताए ।