Birat Post बुधबार, चैत्र ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,८चैत । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा बुधबार लाओसको सामना गर्दैछ। २०१६ मा नेपालले दुई पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो। यी दुई टिमबीचको यो तेस्रो भेट हो।

नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १-० को जित निकालेको थियो। साफको तयारीमा रहेको नेपाल जारी थ्री नेसन्स कपमा आफ्नो रवाफिलो उपस्थितको प्रयासमा हुने छ।

तीन महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु मैदानमा बलियो बन्ने प्रयासमा रहेको छ। तर लाओसले एएफएफ च्याम्पियनसिप खेल्ने टोली भएकाले सुधारिएको प्रदर्शनको अपेक्षामा रहेको छ।

लाओसले डिसेम्बरमै एएफएफ च्याम्पियनसिप खेलेको थियो। उसले पछिल्लो पटक म्यानमारसँग २-२ गोलको बराबरी खेलेको थियो।

फिफा वरीयतामा नेपालभन्दा १२ स्थानपछि रहेको लाओस नेपाललाई पराजित गर्दै वरीयता सुधार्ने प्रयासमा रहेको छ। नेपाल १७५ औँ स्थानमा रहँदा लाओस १८७ औँ स्थानमा रहेको छ।

पछिल्लो पटक यी दुई टिमबीच २०१६ मा प्रतिस्पर्धा भएको थियो। नेपालले एएफसी सोलिडारिटी कपको उपाधि उचाल्दा लाओसलाई सेमिफाइनलमा पराजित गरेको थियो।

प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा नेपालले १-० को अवस्थाले पछि परेको अवस्था उल्टाउँदै खेल निर्धारित समयमा १-१ गोलको बराबरी गरेको थियो। तर अतिरिक्त समयपनि रोमाञ्चक बनेको थियो।

१०४ औँ मिनेटमा अनन्त तामाङको गोलमार्फत नेपालले अग्रता लिएपनि इन्जुरी समयमा पुनस् लाओसले गोल फर्काएपछि पेनाल्टीमा नेपाल भाग्यमानी बन्दा फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिताको फाइनलमा मकाउलाई १-० गोलन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको थियो।

सोलिडारिटी कपमा खेल्नु भन्दा ६ महिनाअघि लाओसकै निम्तोमा नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकियो। लाओस विरुद्धको तत्कालीन टिमका केही सदस्य अहिले घोषित टिममा पनि रहेका छन्।

जसमा गोलरक्षक किरण चेम्जोङ, आदित्य चौधरी,अनन्त तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र अन्जन विष्ट टोलीमा रहेका रहेका छन्।

पछिल्ला दुई भेटमा बराबरीकै स्थितिमा रहेका नेपाल र लाओस २०२३ मा आइपुग्दा फरक समीकरणका साथ मैदान उत्रदै छन्। सिनियर र अनुभवी खेलाडीको विदेश पलायनको कारण नेपाली टोलीमा आधा खेलाडी नयाँ रहेका छन।

पाहुना टोली नेपालसँग पहिलो जितको प्रतिक्षामा रहँदा नेपाल प्रतिस्पर्धात्मक अवस्थाबाट माथि उठ्दै जितको प्रयासमा रहने छ।

पछिल्लो समय खेलाडी पलायन र आन्तरिक किचलोमा फसेको नेपाली फुटबललाई समाल्न आएका प्रशिक्षक भिन्सेन्जोलाई पनि यो खेल महत्त्वपूर्ण रहेको छ। आफ्नो पहिलो कार्यकालमै अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउँदै नेपाल बसाइ सुखद बनाउने चुनौती आजबाटै सुरु हुने छ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल