काठमान्डौं,३ चैत ।
नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको छ ।
मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन । यस्तै अन्य उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन् । उनीहरु पनि निर्वाचन स्थलमा भने उपस्थित छन् ।
अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।