Birat Post बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २ चैत । नेपालका लागि नर्वेजियन राजदूत टोरून ड्रामदलले नेपालमा संसदको खुलापनलाई बढाउदै लान सकेमा संघिय लोकतन्त्र अझै बलियो भएर जाने बताएकी छन । युएनडिपी संसद सहयोग परियोजनाबारे बुझन कोशी प्रदेश आएकी ड्रामदलले संसदीय पत्रकार मञ्च कोसी प्रदेशका टोलीसंग विराटनगरमा भेटघाट गर्दै संसद खुला र पारदर्शी भएमा नागरिकमैत्री बन्दै जाने र त्यसले संघिय लोकतन्त्रलाई बलियो बनाउने बताएकी हुन ।

उनले संसद भनेको नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्ने सर्बोच्च सँस्था भएकोेले संसदको खुलापनलाई बढाउदै लानुपर्नेमा जोड दिइन । राजदुत ड्रामदलले नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत रहेको बताउदै प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता र संसदको खुलापनपनि सन्तोषजनक रहेको बताईन । राजदुतड्रामदलले कोशी प्रदेशमा संसदको खुलापनको अवस्था र पत्रकारहरुले भोग्नुपरेका समस्याप्राप्त गरेको सिकाईबारे राजदुत ड्रामदलले जिज्ञासा राखेकी थिइन ।

उनको जिज्ञासामा संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष गणेश लम्साल , मञ्चका सल्लाहकार विवेक गौतम , सचिव कुमार लुँईटेल, सह सचिव तारा आचार्य , कोषाध्यक्ष विनु तिम्सिना , सदस्यहरु राजु अधिकारी लगायतले ससदको खुलापनको अवस्था बढदै गएपनि अझै दिगोपन ल्याउनका लागि संबादको खाँचो रहेको सुझाव दिएका थिए । मञ्चका अध्यक्ष गणेश लम्सालले कोशी प्रदेशको संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुले अझै धेरै चुनौतीको सामना गर्नु परिरहेको र क्षमता अभिबृद्धिको खाचो रहेको प्रस्टायाएका थिए । अध्यक्ष लम्सालले संसदीय रिर्पोटिङमा महिला , दलित , मधेसी आदिसिमान्तकृत समुदायका पत्रकारहरुको पहुच बृद्धि गरिनुपर्ने , कानुन निर्माणमा नागरिक सहभागीता बृद्धि गरिनुपर्ने , बिधेयकहरुमा नागरिक संबाद गराउनुपर्ने , जिल्लाका पत्रकारहरुलाई पनि संसदीय पत्रकारिताको महत्वबारे अभिमुखिकरण गरिनुपर्ने , बार्षिक छाँया प्रतिवेदन प्रकाशन गरिनुपर्ने र क्षमता अभिबृद्धिका लागिदिगो परियोजना सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए ।

पत्रकार भेटघाटमा नर्वेजियन राजुदताबासकी काउन्सिलर अनिलाखानले संसदको खुलापनलाई बृद्धि गर्न पत्रकार , सांसद , र सचिवालयहरु विच सहकार्य हुनुपर्ने र समस्यालाई सवाल बनाउनेगरि समुदायमा संबादको परम्परा विकास गर्नुपर्नेमा जोड दिइन । संघ र प्रदेश सभा संसदमा खुलापन बढदै गएको तर अझै बढाएर लानुपर्ने काउन्सिलर खानको भनाई छ । भेटघाटमा नेपाल स्थित संयुक्त्त राष्ट्रसंघिय विकास परियोजना (युएनडिपी) की मेनेजर कल्पना सरदारले पत्रकारहरुको संसदमा पत्रकारहरुको सहजपहुचभएमात्र संसदको खुलापन बढदै जाने भएकोले क्षमताअभिबृद्धिका लागि युएनडिपीले आगामीदिनमा संसद सचिवालयलाई मात्रनभएर पत्रकारहरुलाई पनि सहयोग गर्नेगरि योजनानिर्माण गर्ने आश्वासन दिइन ।

भेटघाटमा यूएनडिपी संसद सहयोग परियोजनाका निर्देशक राजबहादुर श्रेष्ठ , टिम लिडर यामबहादुर किसानलगायतको सहभागीता रहेको थियो । राजदुत ड्रामदलको टोलीले बुधबार विराटनगर स्थित कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम , उपसभामुख श्रृजना दनुवार सहित सचिवालय र त्यसपछि पुर्व सांसदहरुसँग भेटघाट गरि अन्र्तक्रिया गरेको थियो । नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रममार्फत संघ र प्रदेशमा संसदीय खुलापन र पारदर्शीताको पक्षमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल