काठमान्डौं,१ चैत्र ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।
एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ । जसका लागि आन्तरिक तयारी सकिएको पार्टी स्रोतले जानकारी दिएको छ ।