Birat Post बुधबार, फाल्गुण २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।

काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता गरे । मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको उनले बताए ।

महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।

उनले नेपाली काँग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल ज्वरो हटाउने काम गर्ने बताए । उनले अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताए ।

महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए । उनले केही महत्वपूर्ण २२र२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल