Birat Post सोमबार, फाल्गुण २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२२ फागुन

विराटनगर जेसीजले स्वर्ण जयन्तीको अवसरमा बिराटनगर १४ स्थित बाल माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । कोशी प्रदेशका सांसद अमृत अर्यालको प्रमुख आतिथ्यता तथा जेसिजका पूर्व अध्यक्ष सुशील रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा बिद्यालयका लागि आवश्यक व्ह्वाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले विद्यालयका विद्यार्थीका लागि आवश्यक सामाग्री जेसीजले प्रदान गरेकोमा आभार ब्यक्त गरे । आफ्नो निर्वाचन क्षेत्र पनि रहेको र शिक्षाको क्षेत्रमा विशेष कार्यक्रमहरु ल्याउने बताए । उनले विद्यालयहरुलाई अझै व्यवस्थित बनाउन र गुणस्तरिय शिक्षामा सुधार गर्न पहल गर्ने बताए ।

स्वर्ण जयन्ती जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जेसीज बिशुद्ध नेतृत्व र ब्यक्तित्व बिकास गर्ने संस्था रहेको भए पनि आवश्यकताका आधारमा समाजमा विभिन्न सेवा समेत गर्न तत्पर रहने बताए । विद्यालयलाई व्हाइट बोर्डको आवश्यकता महसुस गरिएकाले आफुहरुले उक्त सामाग्री उपलब्ध गराएको निरौलाले बताए ।

अध्यक्ष अभिनास थापाले आगामी दिनमा शैक्षिक सामाग्री मात्र नभएर विद्यार्थीको ब्यक्तित्व बिकासका लागि आवश्यक अन्य विभिन्न तालिम तथा सिकाइका आवश्यक स्रोत साधन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा स्वर्ण जयन्ती मुल आयोजक समितिका संयोजक गोपाल गुप्ता , पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानी , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , पुर्व अध्यक्ष क्लब अध्यक्ष देबेश प्रदान , विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार यादव ,स्थानिय कार्यक्रम संयोजक सन्देश कोइराला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल