विराटनगर,२१ फागुन ।
आज एकैदिन नेपालमा दुई भूकम्प गएको छ। अछाम र काभ्रेपलाञ्चोक जिल्ला केन्द्रविन्दु भएर दुई भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भई ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प बिहान ८ बजेर ३५ मिनेटमा गएको थियो।
यस्तै काभ्रेको काशीखण्ड केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प बिहान ८ बजेर ३ मिनेटमा गएको थियो।