Birat Post सोमबार, फाल्गुण १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ,१५ फागुन । पपुवा न्युगिनीले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो । पपुवा न्युगिनीका लागि चाड सोपर ३६ रनमा अविजित रहे । त्यस्तै, कप्तान असाद भालाले ३६ रन, सेसे बाउले ३१ रन तथा ओपनर किप्लिङ डोरिगाले २९ रन बनाए ।

नेपालको कसिलो बलिङमा पपुवा न्युगिनीका अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कुशल मल्लले २ विकेट तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एकएक विकेट लिए ।

यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल