Birat Post सोमबार, फाल्गुण १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ,१५ फागुन । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

सोमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्। मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामापत्र बुझाउनेछन्।

एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ। राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेको ७२ घन्टामै उसले आफ्नो निर्णय फेरेको हो।

आइतबार परराष्ट्रमन्त्री बिमला पौडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपमानजनक तरिकाबाट जेनेभा जानबाट रोकेपछि त्यसले एमालेलाई प्रभावित गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल