Birat Post शुक्रबार, फाल्गुण १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १२ फागुन ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जस्मा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल खानले ३० रनको योगदान दिए । विनायकका प्रवेश पासवान र शिभम पासवानले ३–३ विकेट लिए । शुत्रबारै भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो । जस्मा अमन अन्सारीले ३६ रन बनाउँदा लक्ष्मण तत्माले २६ रन जोडे । राइजिङका राहुल राँय, महमद समर र महमद साहिलले २–२ विकेट लिए ।

१ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए । मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २–२ विकेट लिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल