Birat Post मंगलबार, फाल्गुण ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,९ फागुन।

मोरङको पथरीशनिश्चरे—५ भेटघाट चोकमा मंगलबार राजनीतिक  परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद
परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने  व्यक्तिहरुलाई सम्मान गरेको हो ।

जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नि लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी  उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र  खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा कांग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा दधिराम कुइँकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३  क-बाट बिजेता समानुपाति प्रदेश सभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।

माओवादी केन्द्र ५ नम्बर वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको नगरको सहइन्चार्ज नेत्र पोख्रेल बिशाल-ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरुलाई भुल्दै जाने अवस्था आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहिद सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीको १ नं. प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर सहइन्चार्ज बालकुमार मगर -विकास ,  किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवालगायतको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसकै अवसरमा वडाबाट सहिद तथा बेपत्ता परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने वडाबासीलाई सम्मान गरिएको माओवादी केन्द्र नगरका युवा नेता प्रताप लुइटेलले बताए । कार्यक्रममा विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले ज्यान गुमाएका थिए । २८ औं जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल