Birat Post आइतबार, फाल्गुण ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७,फाल्गुन ।
विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधी सशस्त्र र नेपाली शेनाले जितेको छ। महिला र पुरुष गरि फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए । उनले १४ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै नेपाली सेनाका श्रीकाश द्धितीय हुँदै १४ मिनेट २६ सकेण्डमा दुरी पुरा गरे भनेँ नेपाली सेनाकै टंक कार्की तेश्रो भए उनले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गरेका थिए । नागेश्वर अहिर र मिनल कार्की क्रमश चौथो र पाँचौँ भएका छन् ।

नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अबसरमा आयोजित केपीओली रोडरेस प्रतियोगिताको महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती रानाले १८ मिनेट ११ सकेकेण्डमा निर्वारित दुरी पुरा गरिन् ।

नेपाल प्रहरीकी राममायाँ बुढा १८ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो हुँदा सशस्त्र प्रहरीकी सिमा चौधरीले तेश्रो हुँदै निर्धारित दुरी पुरा गर्न १८ मिनेट २७ सकेकेण्ड लगाउनु पर्‍यो । नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुुरकी छेन्नीमायाँ राई चौथो र पाँचौँ भएका छन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

पुरस्कृत हुने प्रतियोगिहरु प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ हेुनेले महिला पुरुण दुबै समुहका बिजेतालाई क्रमश ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओलीे खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए । प्रतियोगिता ५ किलोमिटर दुरी तय गरिएको थियो । विराटनगरस्थित सहिद रंगशालाबाट शुरु भएको खुला दौड पानीट्यांकी, तीनपैनी, बरगाछी, शनिमन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

दौडमा महिला तर्फ १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरु गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषिकेश पोखरेल तथा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल